
कपिलवस्तु- वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालक सोही नगरपालिका-१० भावपुर बस्ने ३५ वर्षीय दिनेश थारूसमेत छ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५६ हजार २ सय ९० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




































