जोडिनुहोस
  • होमपेज
  • नेकपा उदयपुरको सिफारिस सूचीप्रति युवा संघद्वारा गम्भीर आपत्ति

नेकपा उदयपुरको सिफारिस सूचीप्रति युवा संघद्वारा गम्भीर आपत्ति

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरमा उम्मेदवारी सिफारिस प्रक्रियाप्रति युवाहरू असन्तुष्ट बनेका छन् ।

पार्टी निकट युवा संघ नेपाल जिल्ला समितिले पार्टी एकतापछि गठित जिल्ला कार्यदललाई पत्र लेख्दै आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गरिएको उम्मेदवारी सिफारिसमा युवालाई उपेक्षा गरिएको भन्दै गम्भीर आपत्ति जनाएको हो ।

पत्रमा प्रारम्भिक सिफारिस सूचीमा युवाको प्रतिनिधित्व नदेखिएको उल्लेख गर्दै यसले पार्टीभित्र निराशा र असन्तोष बढाएको जनाइएको छ । युवाको क्षमता, योगदान र संगठनप्रतिको निष्ठालाई बेवास्ता गरिँदा पार्टीको दीर्घकालीन भविष्यमा नकारात्मक असर पर्ने चेतावनी समेत पत्रमा दिइएको छ ।

युवा संघले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा युवाबाट उम्मेदवार सिफारिस गर्नुपर्ने माग गर्दै नामसमेत किटान गरेको छ । पत्रअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट राजेश दनुवारको नाम अघि सारिएको छ भने क्षेत्र नम्बर २ बाट सुदिप चाम्लिङ र लक्की राईलाई उम्मेदवारका रूपमा सिफारिस गर्न आग्रह गरिएको छ । त्यस्तै, समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट बेनी ठाकुर र क्षेत्र नम्बर २ बाट टिकाराम राईको नाम सिफारिस गरिएको छ ।

यसअघि पार्टीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ अर्जुन तिम्सिना, किरण राई, जगन्नाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बु किराती, मनकुमार राई, रमण भट्टराई र सुरेश कुमार राई (हिमाल)को नाम सिफारिस गरिसकेको छ ।

त्यसैगरी, क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ एविराज राई, जगन्नाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत, मेजरकुमार राई, लक्ष्मण पौडेल, सुरेश कुमार राई (हिमाल) र हेमराज दाहालको नाम सिफारिस भइसकेको छ ।

युवा संघले यी सिफारिस सूचीमा युवाको सहभागिता न्यून रहेको भन्दै पार्टी नेतृत्वलाई पुनर्विचार गर्न आग्रह गरेको छ । युवालाई अवसर नदिइए पार्टीभित्र असन्तोष अझ चर्किने र संगठन कमजोर बन्न सक्ने चेतावनीसहित तत्काल सुधारको माग गरिएको छ । संघ पूर्व एकीकृत समाजवादी (एस) पार्टी निकट थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options