जोडिनुहोस
  • होमपेज
  • गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति, विनिता खड्का केन्द्रीय सदस्यमा निर्वाचित

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति, विनिता खड्का केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । काठमाण्डौंको भृकुटीमण्डपमा सकिएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

जेनजी विद्रोहको मागलाई सम्वोधन गर्ने उदेश्यले थापा नेतृत्वको नयाँ कार्यसमितिले युवा र नयाँ अनुहारलाई पनि नेतृत्वमा ल्याएको छ । यस्तै नयाँ केन्द्रीय समितिमा युवा कांग्रेस नेतृ विनिता खड्का पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् ।

कांग्रेस विशेष महाधिवेशनले युवा र जेनजीको पनि अबको कांग्रेस भन्ने मान्यता स्थापित गरेको युवा नेतृ खड्काले बताइन् ।

स्कुले कमिटीदेखि नै कांग्रेस कृयाशिल सदस्य र पटक पटक महासमिति सदस्य खड्का गगन नेतृत्वको कार्यसमितिमा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । रामेछापकी खड्काको जुजारु युवा नेतृत्वको छवि छ । अध्ययन र विभिन्न व्यवसायमा पनि अब्बल खड्का पुरानो कांग्रेस पारिवारिक पृष्ठभुमिकी हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका