जोडिनुहोस
  • होमपेज
  • आज २०८२ साल फागुन ७ गते बिहीबारको राशिफल

आज २०८२ साल फागुन ७ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः आज तपाईंको बोलीले समाजमा राम्रो प्रभाव पार्नेछ । परोपकार गर्ने मौका मिल्नेछ । नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ । परिवारमा विश्वासको खडेरी हुनसक्छ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ ।

वृषः गुम्न लागेको धन हात लाग्ने योग रहेको छ । साथी सकारात्मक छन् । लगानी रहेको क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ ।

मिथुनः समाजमा बोलीको प्रभावले अरुलाई मख्ख पार्न सकिनेछ । आर्थिक र सामाजिक क्षेत्र सबल छन् । पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ । अचानक रोगको प्रकोप बढ्नसक्छ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ ।

कर्कटः आफूले गरेको कामको विरोध सुन्नुपर्ने योग छ । एक्लो भएको महसुस हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षामा अल्छीपनले घाटा हुनेछ । धर्मकर्ममा मन जानेछ ।

सिंहः शिक्षामा सफलता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । आफन्तबाट भने कामको विरोध हुने देखिन्छ । मिहिनेतको फल मिल्नेछ ।

कन्याः दिन राम्रो छ । पारिवारिक घुमघामको समय छ । ज्ञान र सीप भएका साथीको साथ रहनेछ । आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ । सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ ।

तुलाः समय सामान्य छ । बोली र व्यवहारमा सचेत हुनु राम्रो हुन्छ । गणेशको भजन सुन्नु राम्रो हुन्छ । दुबो चढाएमा दिन सफल बन्नेछ । साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने छ ।

वृश्चिकः दिन राम्रो छ । शिक्षाको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा खराब मानिससँग बचेर गर्नुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रतिस्पर्धीको आवाज शान्त रहेको छ । स्वस्थ्यमा सुधार हुनेछ ।

धनुः दिन सामान्य छ । झुटा आरोप लाग्नसक्छ । मन खुशी नहुने शब्द सुन्नुपर्ने हुनसक्छ । वैदेशिक क्षेत्रको क्षेत्रमा विवाद हुनेछ । धार्मिक क्षेत्रमा सानो योगदान दिए सबै कुरा मिल्नेछ ।

मकरः दिन राम्रो छ । गलत बाटो हिँड्नुभयो भने साथीले सच्याउने छन् । शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । परिवारको सहयोग निरन्तर प्राप्त हुनेछ ।

कुम्भः संघर्ष गरेका क्षेत्रबाट सफलता मिल्नेछ । शिक्षाको लगानीमा फाइदा हुनेछ । परिवारले राम्रो साथ दिनेछन् । लामो यात्रा नगर्नु र यात्रा गर्नैपरे पश्चिम नजानु राम्रो हुन्छ ।

मीनः दिन राम्रो छ । लगानीबाट सन्तोष मिल्नेछ । शिक्षाको लगानीमा सफलता, स्वास्थ्यमा लाभ र रोजगारीको क्षेत्रमा गरेको लगानीबाट बढुवा हुने योग छ । वैदेशिक क्षेत्रमा फइदा हुनेछ । परिवारको साथ हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका