
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
– ज्यो.प. सूर्यनाथ लुइटेल
मेषः सोचेका काम नबन्ने जोखिम छ । बोल्दा विवेक प्रयोग गर्नु उचित हुन्छ । सञ्चित धन खर्च हुनेछ । विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।
वृषः दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । बनाएको योजना सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ ।
मिथुनः आज बोलीको प्रभावले विग्रन लागेका काम बन्ने सम्भावना छ । मन शान्त बन्नेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । रोजगारीको अवसर स्वदेशमै बन्नेछ।
कर्कटः व्यवहार गर्दा सचेत नहुँदा हरेक काममा समस्या हुनसक्छ । सानो कुराले मन अशान्त बन्नेछ । शिक्षाको क्षेत्रमा अवरोध भए पनि मिहिनेत निरन्तर गरेमा सफलता मिल्नेछ ।
सिंहः दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्ने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।
कन्याः दिन उत्तम छ । सोचेका हरेक काम बन्नेछन् । साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।
तुलाः बोलीमा ख्याल नगर्दा पश्चाताप हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ । साना कुराले मन अशान्त हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ ।
वृश्चिकः शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । नाम र दाम दुवै कमाउने योग छ । सोचेर बोल्नुपर्ने समय आएकाले सचेत बन्नुपर्नेछ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।
धनुः व्यवहारमा सचेत भएर अगाडि नबढ्दा समस्या बढ्नेछ। सानो कुराले महत्त्वपूर्ण काम अवरुद्ध हुने जोखिम छ । दाजुभाइसँगको सहकार्य फलदायी हुने योग छ । विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ ।
मकरः आज नसोचेको ठाउँमा सञ्चित धन खर्च हुनेछ । हरेक काम गर्नु अगाडि सोच्नु उपयुक्त हुन्छ । संकटमा परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
कुम्भः दिन राम्रो छ । तपाईंलाई आज आकस्मिक लाभ हुन सक्छ । पुराना साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । पारिवारिक मेलमिलाप हुने भएकाले दिन सहज बन्नेछ ।
मीनः आज राम्रो परिणाम आउने योग परेको छ । धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। मन शान्त बन्नेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।




























