
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सुन तस्करझैँ व्यवहार गरिएको आरोप लगाएका छन् ।
पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापाबाट काठमाडौं फर्किँदा विमानस्थलमा आफूमाथि सुन तस्करझैँ चेकिङ गरिएको बताए । उनले विमानस्थलमा आफूलाई चेकिङ गरेर हैरान पारेको उल्लेख गरे । उनले माथिको आदेश भन्दै विमानस्थलमा आफूलाई हेपिएको पनि आरोप लगाए ।
‘अस्ति जाँदा त राम्रो व्यवहार गरेको थियो। हिजो फर्किँदा त नेत्र जलिसकेछ । सुन तस्करझैँ चेकिङ गरेर हैरान पारेको छ ।’, उनले भने, ‘हिजो एयरपोर्टमा हेप्यो, किन यस्तो गरेको भनेर सोध्दा माथिको आदेश छ रे ।’





































