
काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित देशका विभिन्न जिल्लाका ५२ जना युवाहरू नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गरेका छन्।
पार्टीको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवेशीहरूलाई खादा र माला लगाएर स्वागत गरे। सञ्चालक दाहालले नवसदस्यहरूलाई देश र जनताका पक्षमा इमानदारीपूर्वक काम गर्न अनुरोध गर्दै पार्टीको नीति र लक्ष्यमा सक्रिय योगदान दिन प्रेरित गरे।





































