
नेपालका लागि अनरको आधिकारिक बिक्रेताले आफ्नो नयाँ स्मार्टफोन अनर एक्स नाइन डी नेपाली बजारमा सार्वजनिक गरेको छ । शक्तिशाली कार्यक्षमता र मजबुतीलाई मुख्य विशेषता बनाएको यस फोनको लन्चसँगै कम्पनीले विशेष उपहार योजना समेत घोषणा गरेको छ ।
कम्पनीका अनुसार यो फोनको प्रि—बुकिङ गर्ने एक भाग्यशाली ग्राहकले ५८ लाख ९९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ‘दीपल एस०५’ ईभी जित्ने अवसर पाउनेछन् । फोनको प्रि—बुकिङ २०२६ जनवरी २८ सम्म खुला रहनेछ । यस अवधिमा फोन बुक गर्ने ग्राहकहरूले १६ हजार रुपैयाँ बराबरको ‘अनर च्वाइस वाच २ प्रो’ निःशुल्क प्राप्त गर्नेछन् ।

यसका साथै, प्रि—बुकिङ गर्ने ग्राहकलाई २० हजार रुपैयाँ बराबरको विशेष सेवा प्याकेज समेत प्रदान गरिने कम्पनीले जनाएको छ । नेपाली बजारमा अनर एक्स नाइन डी दुई भेरियन्टमा उपलब्ध हुनेछ । ८ जीबी ¥याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै १२ जीबी ¥याम र २५६ जीबी स्टोरेज मूल्य ५९ हजार ९९९ रुपैयाँ छ ।
यो स्मार्टफोनमा ८३०० एमएएचको ब्याट्री र १०८ मेगापिक्सेलको हाई रेजोलुसन क्यामेरा रहेको छ । यस फोनमा २ मिटर ५ फुटको उचाइबाट खस्दा पनि नफुट्ने ‘ड्रप रेसिस्टेन्स’ क्षमता र धुलो तथा पानी प्रतिरोधी आईपी ६९के रेटिङ रहेको छ । इच्छुक ग्राहकले देशभरका अनरका आधिकारिक शोरुम वा रिटेल स्टोरमा गई फोन प्रि—बुक गर्न सक्नेछन् ।




































