
काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा सोमबार भारतको ७७औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रममा नेपालमा बसोबास गर्ने भारतीय समुदाय, भारतका मित्र राष्ट्रका प्रतिनिधि तथा दूतावासका अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरुवात कार्यवाहक राजदूत (चार्ज द’एफेयर) डा. राकेश पाण्डेले राष्ट्रिय झण्डा फहराएर गरे । त्यसपछि भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले ७७औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रका नाममा दिएको सन्देशको भिडियो प्रस्तुत गरिएको थियो । यस अवसरमा डा. पाण्डेले भारतीय सशस्त्र सेनामा सेवा गर्ने क्रममा निधन भएका सैनिकका विधवा तथा परिवारजनलाई सम्मान गर्दै आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (AGIF) अन्तर्गत कुल ७ करोड २० लाख नेपाली रुपैयाँ बराबरका चेक हस्तान्तरण गरे ।

काठमाडौंमा आयोजित भारतको ७७औँ गणतन्त्र दिवस समारोहमा भारतीय समुदायका सदस्यहरू, नेपालमा रहेका भारतका मित्रहरू, दूतावासका अधिकारी तथा उनीहरूको परिवारजनको उत्साहजनक सहभागिता रहेको थियो ।








































