
कांग्रेस नेता तथा पूर्व सांसद राजेन्द्र बजगाई सर्लाही–४ मा आयोजित बालेन्द्र शाहको कार्यक्रममा सहभागी हुने भएका छन्।
उनले सभामा सहभागी भई अमरेश कुमारको समर्थन गर्ने र कांग्रेस सभापति गगन थापासम्बन्धी विशेष खुलासा गर्ने कार्यक्रम तय भएको छ। गोरखा–१ का निवर्तमान सांसद बजगाईले आगामी कार्यक्रममा केही महत्वपूर्ण जानकारी सार्वजनिक गर्ने बताएका छन्।
उनको यो निर्णयपछि कांग्रेस भित्र हलचल मच्चिएको छ। विशेषत, गगन थापा भावी प्रधानमन्त्रीका दावेदार मानिएका छन्। कांग्रेस भित्र विशेष भूमिका रहेका बजगाईले गरेको यो कदमले थापालाई धक्का लाग्न सक्ने अनुमान पार्टी स्रोतहरूले गरेका छन्। अमरेश कुमार गगन थापाका सलार्ही ४ का कडा प्रतिष्पर्धी हुन।





































