
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की युवा केन्द्रीय सदस्य तथा इञ्जिनियर सजिना कार्की यतिबेला ललितपुर क्षेत्र नं. १ मा चर्चाको केन्द्रमा रहेकी छन।
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी कार्कीले चुनावी मैदानमा सक्रिय उपस्थिति जनाइरहेकी छन। सामान्य भेटघाटदेखि घरदैलो अभियानसम्म राम्रो सहभागिता जनाउँदै आएकी कार्कीले ललितपुर क्षेत्र नं. १ मात्र होइन, सामाजिक सञ्जालमा पनि उल्लेख्य चर्चा बटुल्न सफल भएकी छन। राप्रपाको हलो चुनाव चिह्न लिएर उनी अहिले मतदातामाझ पुगिरहेकी छन्। ४० वर्षमुनिका युवालाई प्राथमिकता दिने पार्टी नीतिअनुसार अघि बढेकी कार्की पेशागत रूपमा इञ्जिनियर हुँदै सक्रिय राजनीतिमा होमिएकी नेतृ हुन्। यसअघि उनी ललितपुर महानगरपालिकाको उपमेयर पदकी प्रत्याशी समेत भइसकेकी थिइन्।
ललितपुर क्षेत्र नं. १ मा यसपटकको चुनावी प्रतिस्पर्धा निकै रोचक देखिएको छ। यहाँ नेपाली कांग्रेसका सहमहामन्त्री उदय राणा, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन, नेपाल कम्युनिस्ट पार्टीका सुनिल महर्जन, नेकपा एमालेका चेतनाथ सञ्जेल लगायत उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रको चुनावी नतिजा सबै दलका लागि चासोको विषय बनेको छ।




































