
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै रविको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएको हो ।
गत माघ ५ गते जनकपुरको कार्यक्रमको क्रममा रविको देब्रे खुट्टामा चोट लागेको थियो । औषधि सेवनले सन्चो नभएपछि उनलाई हाडजोर्नी विभागमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उनलाई सेलुलाइटिस भएको र नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको प्रवक्ता डा. गोपाल सेडाईले जानकारी दिए ।





































