जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरु)

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरु)

काठमाडाैं । काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । पश्चिमी पहाडी जिल्लाहरूमा हिमपात हुँदा उपत्यकामा हल्का वर्षा भएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमका वर्षा र हिमपात भएको हाे। काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा भएको छ । आज बिहान बाटै धुम्म रहेको उपत्यकाको मौसम दिनको समय आंशिक बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पूर्वी पहाडी जिल्लामा हिमपातका कारण जनजीवन प्रभात भएको छ । हिमाली जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिमपातका कारण विद्युत् सेवा, यातायात र हवाई सेवा समेत बन्द भएका छन् । हल्का वर्षा भएपछि उपत्यकाका दृश्यहरु ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका