मोदीलाइ माल्दिभ्स सरकारले दियो सर्वोच्च सम्मान

title
आइतवार, जेष्ठ २६, २०७६

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका क्रममा माल्दिभ्स पुगेका छन् ।

मोदीलाइ मालद्वीपले देशकै सर्वोच्च सम्मान ‘निशान इज्जुद्दीन’ प्रदान गरेको छ। सर्वोच्च सम्मान दिएपछि मोदीले भने, ‘मालद्वीपको सर्वोच्च सम्मानबाट सम्मानित हुन पाउँदा भारतले नयाँ गौरव प्राप्त गरेको छ। निशान इज्जुद्दीनको सम्मान मेरा लागि हर्ष र गर्वको विषय हो। यो दुवै देशबीचको मित्रता र घनिष्ठ सम्बन्धको सम्मान हो।’

यसअघि माल्दिभ्सका राष्ट्रपति सोलिहको दिल्ली भ्रमणका बेला भारतले १ अर्ब ४० करोड अमेरिकी डलरको सहयोग दिने घोषणा गरेको थियो । उक्त सहयोग मालद्वीपका आमनागरिकलाई फाइदा हुने परियोजनामा खर्च गर्ने जनाइएको ।

मोदीको भ्रमणका क्रममा दुई देशका नागरिकबीच सम्पर्क बढाउन भारतमा कोच्ची र मालद्वीपको कुल्तुफुशी र मालेबीच डुंगा सेवा शुरु गरिने भएको छ। मालद्वीप र भारतबीच सैन्य प्रणाली सम्बन्धी सम्झौता पनि भएको छ।