संसदीय सुनुवाइ समितिद्वारा प्रधानन्यायाधीशमा जोशी अस्वीकृत

title
शुक्रबार, साउन १८, २०७५

काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले जोशीको नाम अस्वीकार गरेको हो । मतदानबाट जोशी अस्वीकृत हुने निश्चित भएपछि प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले बैठक बहिस्कार गरेका थिए।

समितिका १५ सदस्यमध्ये कांग्रेसका ४ सदस्य निस्किएपछि बाँकी रहेका १० सदस्यले मतदान गरेका थिए । नेकपाका ९ र संघीय समाजवादी फोरमका १ गरी दुई तिहाई १० सांसदले जोशीलाई अस्वीकृत गर्न मतदान गरेका थिए ।

‘अस्वीकृत गर्ने पक्षमा १० र विपक्षमा शुन्य मत परेको छ । हाम्रो नियमावलीमा दुई तिहाइले अस्वीकार गर्न सक्ने व्यवस्था छ । १० मत दुई तिहाइ हो । त्यसैले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशी संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनसक्नुभएन।’ समितिका कार्यबाहक सभापति लक्षमणलाल कर्णले भने ।