हात्तीको आक्रमणबाट मृत्यु

title
बुधबार, साउन ३०, २०७५

गणेश उप्रेती/ उदयपुर
उदयपुरको बेलका नगरपालिका ३ धौरिटप्पुमा जगली हातिको आक्रमण आज बिहान एक युवकको मृत्यु भएको छ । ३ वटाको समुहमा आएको हातिले घरमै सुतिरहेका ३५ बर्षिय कुमार सार्किलाइ उठाएर ५० मिटर पर लागि च्यापेर मारेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक नविनकुमार सिहले जाकारी दिनुभयो ।

हातिले बिहान साढे ४ बजे घरको टाटी फोरेर सुति रहेका सार्किलाइ सुढले उठाएर लगेर मारेको प्रहरी निरीक्षक सिहले बताउनुभयो । हातिको समूह कोशी टप्पु वन्यजन्तुु आरक्षणबाट आएको स्थानियले बताएका छन् ।