पिएनको जागिरका लागि पिएचडी गरेका ४ हजारको अावेदन

title
शनिबार, भदौ १६, २०७५

काठमाडौ । बिम्स्टेक सम्मेलनका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न क्षेत्रमा छात्रवृत्ति दिने घोषणा गरे । उनले भारतका विभिन्न विश्वविद्यालयमा छात्रवृत्ति दिने घोषणा गरे । तर भारतको उत्तर प्रदेशमा भने पीएचडी अर्थात् विद्यावारिधी गरेका कैयौले जागिर पाउन नसकेको समाचार सार्वजनिक भएको छ ।

भारतको उत्तर प्रदेशमा न्युनतम शैक्षिक योग्यता ५ कक्षा पास गरे हुने पिएनको जागिरका लागि विद्यावारिधी गरेका ४ हजारभन्दा बढिले आवेदन दिएका छन् । ६२ जना पिएनका लागि आवेदन खुलेको भारतको उत्तर प्रदेशमा ९३ हजारले आवेदन दिएका छन् । ति मध्ये करिब ४ हजार त पिएचडी गरेका छन् ।

समाचारअनुसार उत्तर प्रदेशमा प्रहरीको म्यासेन्जर पदका लागि ६२ जनाको आवेदन खुलेको थियो । त्यसका लागि ९३ हजार भन्दा बढीले आवेदन दिएका छन् । यसरी आवेदन दिनेमा पिएचडी गरेका ३ हजार ७ सय छन् ।

यस्तै स्नातकोत्तर गरेका २८ हजार तथा स्नातक गरेका ५० हजार जनाले आवेदन दिएका छन् । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता पाँच कक्षा पास गरेको हुनु पर्छ ।

अहिले खुला गरिएको अवेदनको पद गएको १२ वर्षदेखि खाली थियो । यो हुलाकी जस्तै पद हो । यसमा छानिएको व्यक्तिले प्रहरीको टेलिकम विभागको सन्देश एक कार्यालयबाट अर्को कार्यालयमा लैजानु पर्छ । यो पदको आधारभूत लतब महिनाको २० हजार भारु रहेको छ ।

यो घटनाले भारतमा रहेको बेरोजगारीको भयावह अवस्थालाई दर्शाउँछ । केही समय अघि मात्रै भारतीय रेलवे सेवाका एक लाख पदमा दुई करोड भन्दा बढी युवाले आवदेशन दिएको खबर आएको थियो । यसरी आवेदन दिनेमा डाक्टर, इन्जिनियर तथा वकिल पनि थिए ।