त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टा पछि खुल्यो

title
आइतवार, भदौ १७, २०७५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टा पछि खुलेको छ । शनिबार बेलुकी यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि विमानस्थलमा उडान र अवतरण बन्द भएको थियो ।

धावनमार्गमा रहेको जहाज हटाएपछि आज बिहान ८ बजे देखि विमानस्थल सञ्चालनमा आएको हो । शनिबार बेलुकी ८:३० बजेदेखि विमानस्थल बन्द हुँदा रातीका सबै उडान रद्द गरिएको थियो भने बाहिरबाट आउँदै गरेका जहाजलाई दिल्ली, लखनउ लगायत ठाउँमा डाइभर्ट गरिएको थियो ।