भन्सार छलेका र न्यून विजिकरण गरेर ल्याईएका लाखौं रुपैयाँका कपडा बरामद

title
सोमवार, भदौ १८, २०७५

कृष्ण आचार्य/चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलेका र न्यून विजिकरण गरेर ल्याईएका लाखौं रुपैयाँका कपडा बरामद गरेको छ ।

वीरगञ्जबाट काठमाडौं लैजादैं गरेको ना ३ ख ४३५९ नम्वरको ट्रकलाई चितवन प्रहरीले भरतपुरको गोन्द्रागबाट समानसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी शिव आचार्यले ट्रकमा लोड गरिएका कपडाहरु काठमाडौंका विभिन्न पसलहरुको नाममा ल्याइएको जानकारी दिनु भयो ।

ट्रकमा लाखौं मुल्यका कपडा ल्याइएपनि भन्सारमा ब्यापारीहरुले सेटिङ मिलाएर न्यून विजिकरण गराएको देखिएको डिएसपी आचार्यले जानकारी दिनु भयो ।

काठमाडौंमा समान मगाउने व्यापारीहरुको विषयमा समेत अनुसन्धान गरिने उहाँले बताउनु भयो । चितवनका प्रहरी प्रमुख एसपी शुशिलसिंह राठौरले चाडपर्वका बेलामा भन्सार छलेर वा न्यून बिजिकरण गरेर सरकार र जनता दुवैलाई ठग्ने यस्ता प्रवृत्ति र काम प्रति प्रहरी कठोर रुपमा प्रस्तुत हुने बताउनु भएको छ ।