स्वयम्भुमा भेटियो कारभित्र शव

title
बिहिबार, भदौ २१, २०७५

काठमाडौं – बिहिबार स्वयम्भु हाइटमा पार्किङ गरेर राखिएकाे गाडी भित्रबाट रगत बगिरहेको अवस्थामा फेला परेकाे छ ।

यस लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत स्वयम्भुबाट प्रहरी टोली खटियो । उक्त निजी कारमा प्रहरीले एउटा शव फेला पार्यो ।

बा ८ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव रहेको थियो ।

उक्त शव काठमाडौंको नैकाप बस्ने ३२ वर्षीय श्याम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।