जोडिनुहोस
  • होमपेज
  • रोनाल्डोको दुई गोलमा अल–नासरलाई उपाधि

अन्तर्राष्ट्रिय

रोनाल्डोको दुई गोलमा अल–नासरलाई उपाधि

रोनाल्डोको दुई गोलमा अल–नासरलाई उपाधि

क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल–नासरले पहिलोपटक अरब क्लब च्याम्पियन्स कपको उपाधि जित्न सफल भएको छ । एक गोलले पछि परेको स्थिति उल्टाएर अर्को साउदी क्लब अल–हिलाललाई २–१ ले हराउँदै अल–नासरले उपाधि हात पारेको हो ।

पहिलो हाफ गोलविहीन बनेपछि दोस्रो हाफको सुरुवातमा नै अल हिलालले ब्राजिलियन खेलाडी माइकलको गोलमा अग्रता बनायो । तर, ७४ औँ मिनेटमा पोर्चुगिज खेलाडीले सुल्तान अल–घानमको पासमा गोल गर्दै खेल बराबरी गरे ।

यसअघि अब्दुलह अल–अमरीले रातो कार्ड पाएपछि अल–नासर १० खेलाडीमा सीमित बनेको थियो । यसका बावजुद अल–नासरले अल–हिलाललाई अतिरिक्त समयसम्म रोकेको थियो ।

अतिरिक्त समयमा रोनाल्डोले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए । खेलको अन्त्यतिर भने रोनाल्डो घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।

गत सिजन रोनाल्डोले अल–नासरसँग उपाधि जित्न असफल भएका थिए । टोली साउदी प्रो लिगमा दोस्रो स्थानमा सीमित भएको थियो । तर, यसपटक ३८ वर्षीय खेलाडीले ६ गोल गर्दै प्रतियोगिताका शीर्ष गोलकर्ता बनेर टोलीलाई उपाधि दिलाउन सफल भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका