जोडिनुहोस
  • होमपेज
  • अर्थमन्त्री महतसहित पाँच सदस्यीय टोली क्यानडा प्रस्थान

अर्थमन्त्री महतसहित पाँच सदस्यीय टोली क्यानडा प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महत पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार राति ९.३० मा क्यानडा प्रस्थान गरेका हुन् ।

अर्थमन्त्रीसँगै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् । यस्तै वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थ मन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि टोलीमा सहभागी छन् ।

अर्थमन्त्री महतले उक्त सभामा भाइस प्रेसिडेन्टका रूपमा सहभागिता जनाउँदै छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ । सम्मेलनमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ । क्यानडा बसाइँको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर–आवासीय नेपाली र अन्य दातृ निकायका प्रतिनिधिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका