जोडिनुहोस
  • होमपेज
  • संविधान पढेर बालेनको विरोध

राजनीति

संविधान पढेर बालेनको विरोध

संविधान पढेर बालेनको विरोध

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीमा प्रश्न उठाउँदै युवाहरुले राष्ट्रिय सभा गृह अगाडि गरिरहेको विरोध प्रदर्शनमा बिहीबार फरक दृश्य देखिएको छ । फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि मंगलबारदेखि उभिएर विरोध प्रदर्शन गरिरहेका थिए । त्यसै क्रममा उपत्यकाका विभिन्न क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थीहरुले संविधान पढेर विरोध गरेका छन् ।

‘हामीले गरिरहेका विरोधको समर्थनमा आज कानुनका विद्यार्थीहरुले संविधानको दिवसको अवसरमा संविधान नै पढ्नुभएको थियो । संविधानमा उल्लेख भएको बाँच्न पाउने, जीवन जिउन पाउने, लगायतका मौलिक अधिकार मेयर बालेनको कानसम्म पुगोस भनेर विद्यार्थीहरुले पढेका हुन्’, सहभागी अभियन्ता प्रसुज मैनालीले भने ।

मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका २ अभियन्ताहरु अहिलेसम्म निरन्तर उभिइरहेका छन् ।

उनीहरुले ७७ घण्टा उभिएर विरोध गर्ने घोषणा गरेका छन् । बुधबार श्रमिक नेता समेत रहेकी नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले पनि अभियन्ताहरुलाई साथ दिँदै विरोध कार्यक्रममा सहभागिता जनाइन् ।

काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरुलाई बलपूर्वक हटाएपछि झण्डै तीन महिनादेखि ‘गरिबको चमेली बोलदिने कोही छैन’, अभियान चलाइरहेका छन् । अभियन्ता ईःले भोलि साढे १२ बजे फुटपाथ व्यवसायीहरुको ठेला तथा साना सडक व्यवसायीहरु पनि विरोध प्रर्दशनमा सहभागी हुने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका