प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा मुलुकको विकास निर्माणका लागि ठोस उपलब्धि नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा उनले चीनको बेल्ट एण्ड इनिसिएटिभ बिआरआई परियोजनाबाट नेपालले विकास पूर्वाधारमा लाभ लिन सक्ने मौका गुमेको आरोप लगाए । नेपालले दुई ठूला छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्ने उनको भनाइ थियो ।
सरकारले चीनसँग यसअघि भएका सहमति पनि कार्यान्वयन गर्न नसकेको सांसद पन्तले उल्लेख गरे ।