जोडिनुहोस
  • होमपेज
  • निलम्बन फुकुवा माग गर्दै सांसद कोइरीले दिए निवेदन

निलम्बन फुकुवा माग गर्दै सांसद कोइरीले दिए निवेदन

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् । मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् । २८ मंसिरमा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका छन् । संघीय संसदका कार्यबाहक महासचिव पदमप्रसाद पाण्डेयले सांसद कोइरीको पत्र प्राप्त भएको पुष्टि गरे । ‘पत्र प्राप्त भएको छ, निर्णयको प्रक्रियामा छ’, उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
L’Impact des Casinos sur le Tourisme à Las Vegas