जोडिनुहोस

२१ अंकले घट्यो सेयर बजार

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१ अंकले घटेको छ । आइतबार २१ दशमलव ०५ अंकले घटेको सेयर बजार २०८८ दशमलव ०७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ । यस दिन ७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका