जोडिनुहोस
  • होमपेज
  • चाबहिलबाट अपहरण गरी साढे १३ लाख असुली, चार जना पक्राउ

चाबहिलबाट अपहरण गरी साढे १३ लाख असुली, चार जना पक्राउ

काठमाडौंको चाबहिलबाट एक व्यक्तिलाई अपरहण गरी साढे १३ लाख रुपैयाँ असुलेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको माकलबारीका ४२ वर्षका तेजमान तामाङ र २६ वर्षका सौगात तामाङ, थलीका ३२ वर्षीय कर्मा छेवाङ थिङ र ३८ वर्षका सम्राट भन्ने वीरे तामाङ छन् । उनीहरु चारै जनाको स्थायी ठेगाना भने सिन्धुपाल्चोक हो । चार जनाको समूहले रसुवाका हिस्सी थाया तामाङलाई १० मंसिरमा चाबहिलबाट अपहरण गरेका थिए । जबरजस्ती ट्याक्सीमा राखेर जंगलको बाटो हुँदै राति गागलफेदीको होटलमा राखेका थिए । हिस्सी थाया तामाङको चेक प्रयोग गरेर १३ लाख ५० हजार निकालेपछि उनलाई छाडेका थिए । उनीहरुबाट छुटेपछि तामाङले दिएको उजुरीका आधारमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो । हिस्सी हाइड्रोपावर कम्पनीमा काम गर्थे । उनीसँग चिनजान भएको व्यक्तिले नै अपहरण गर्न लगाएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । तर घटनामा मुख्य योजनाकार मानिएका उनीहरु दुई जना भने फरार छन् । पक्राउ परेकाहरुले तामाङलाई अपहरण गरेको र रकम लिएको स्वीकार गरेका छन् । चेक साटेर आएको रकम २र२ लाख रुपैयाँ आफूहरुले बाँडेको र ५ लाख रुपैयाँ भने योजनाकारमध्येका एक दावाले लगेको बताएका छन् । यो घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी हरि खतिवडाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
VR Casinos Not on Gamstop Coming Soon