काठमाडौं – सशस्त्र प्रहरीले वीरगञ्जबाट ७० लाख रूपैयाँ बराबरको लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा लिएको छ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको ट्रकमा लोडगरी ल्याउँदै गरेको लत्ताकपडाको बिलविजक शंकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
ट्रक र कपडा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको पनि उनले बताए।