उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको विषयमा आफ्नो संलग्नता नभएको बताएका छन् । आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सहकारीको रकम अपचलनमा संलग्नता नरहेको बताए ।
अदालतमा पुगेको सहरकारी मुद्दामा आफ्नो नाम पनि नरहेको गृहमन्त्री लामिछानेको भनाई थियो । उनले प्रहरीमा एउटा जाहेरी बाहेक अन्य कहीँ कतै आफ्नो नाम नरहेको र जाहेरी पनि प्रहरीमा दर्ता नभएको बताए ।