अन्तर्राष्ट्रिय
सिरियाको एलेप्पोमा इजरायलको हवाई आक्रमण स् सैनिक शिविरमा रहेका ३६ जनाको ज्यान गयो
0 टिप्पणी
सिरियाको उत्तरी शहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी इजरायलले हवाई आक्रमण गरेको छ । हिजो बिहानैदेखि भएको हवाई आक्रमणमा परी ३६ जना सिरियाली सैनिकको ज्यान गएको छ ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो ।
बेलायतमा रहेको वाचडग समूहले उत्तरी एलेप्पोको ग्रामीण इलाकामा झण्डै तीन घण्टासम्म आक्रमण भएको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।