जोडिनुहोस
  • होमपेज
  • इलाममा एमालेले अग्रता बढाउँदै, नेम्वाङ र खड्काबीच झन्डै ५ हजार मतको अन्तर

इलाममा एमालेले अग्रता बढाउँदै, नेम्वाङ र खड्काबीच झन्डै ५ हजार मतको अन्तर

इलाम–२ मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रतालाई झनै फराकिलो बनाउनुभएको छ ।

अहिलेसम्म ३४ हजार २६ भन्दा धेरै मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १३ हजार ९ सय मत प्राप्त गर्नुभएको छ । यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ९ सय १४ मत प्राप्त गर्नुभएको छ । नेम्वाङ र खड्काबीच ५ हजार ९ सय ८६ मतको अन्तर छ ।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार २ सय ८५ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मिलनकुमार लिम्बुले १ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

अस्ति शनिवार भएको मतदानमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो । एमालेका नेता सुवाचन्द्र नेम्वाङको निधन भएपछि अहिले उपचुनाव भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका