जोडिनुहोस
  • होमपेज
  • प्रविधिको प्रयोगबाट कृषि प्रणालीलाई सुधार गर्न सकिन्छ; विश्व आर्थिक मञ्च

प्रविधिको प्रयोगबाट कृषि प्रणालीलाई सुधार गर्न सकिन्छ; विश्व आर्थिक मञ्च

विश्व आर्थिक मञ्चले प्रविधिको प्रयोगबाट कृषि प्रणालीलाई सुधार गरी खाद्य असुरक्षा घटाउन सक्ने निष्कर्षसहित कृषि प्रविधिको प्रयोग बढाउन आह्वान गरेको छ ।

विश्व आर्थिक मञ्चले एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वव्यापी कृषि प्रणालीलाई आकार दिन र खाद्य सुरक्षामा योगदान पुर्‍याउने उदीयमान प्राविधिक समाधान र रणनीतिबारे सुझाव दिएको हो । एग्रिटेक ; शेपिङ एग्रिकल्चर इन इमर्जिङ इकोनमिज, टुडे एन्ड टुमरोु नामक प्रतिवेदनले कृषि क्षेत्रमा चौथो औद्योगिक क्रान्ति प्रविधिको एकीकरणमा जोड दिएको छ ।

प्रतिवेदनमा प्रविधि परिवर्तन समावेशी होस् भन्ने उद्देश्यले ठूलो मात्रामा समाधान गर्न र सुनिश्चित गर्नसमेत आह्वान गरेको समाचार संस्था एएनआईले जनाएको छ । मौसम पूर्वानुमानका लागि कृत्रिम बौद्धिकता ९एआई० को प्रयोग, किसानसम्म सूचना प्रवाहका लागि संचारको प्रयोग, ठाउँ र भूगोलअनुसार सुझाव दिनसक्ने एप्लिकेशनहरूको प्रवर्द्धनलगायतको माध्यमबाट कृषि प्रणाली सुधार गर्न सक्ने मञ्चको विश्वास छ ।

जलवायु परिवर्तनको प्रभाव, प्राकृतिक प्रकोपको बढ्दो आवृत्ति र माटोको क्षयजस्ता चुनौतीहरूले विश्वव्यापी रूपमा खाद्यान्न उत्पादनमा गम्भीर खतरा उत्पन्न भइरहेको भन्दै यो अवस्थामा अनुकूलनका लागि प्रविधिको प्रयोग उचित हुने मञ्चको सुझाव छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका