जोडिनुहोस
  • होमपेज
  • ब्राजिलमा बाढीका कारण ३० जनाभन्दा धेरैको ज्यान गयो, ६० जना बेपत्ता

ब्राजिलमा बाढीका कारण ३० जनाभन्दा धेरैको ज्यान गयो, ६० जना बेपत्ता

ब्राजिलको दक्षिणी राज्यमा केही दिनदेखि परेको भारी वर्षापछि बाढीका कारण एउटा जलविद्युत् आयोजनाको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको ज्यान गएको छ ।

रियो ग्रान्डी डो सुल राज्यमा बाढीमा परेर अन्य ६० जना हराइरहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बाढीका कारण १५ हजार बासिन्दा विस्थापित भएका तथा राज्यका कम्तीमा पाँच लाख जना मानिस स्वच्छ पानी र बिजुलीको प्रयोगबाट वञ्चित बनेका खबरमा उल्लेख छ । भत्किएको बाँध कोटिपोरा नगरपालिका र बेन्टो गोनकेल्भ्स शहरको बीचमा रहेको छ ।

यसैबीच ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्रमा केन्द्र सरकारबाट सहयोगको वाचा पनि गर्नुभएको छ । नागरिक रक्षा बुलेटिनले बाढीका कारण एक सय ५४ वटा शहर प्रभावित बनेका खबरमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help