काठमाडौं– भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।
सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो ।
उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो ।