जोडिनुहोस
  • होमपेज
  • प्रिमियर लिग; आज आठ वटा खेल हुँदै

प्रिमियर लिग; आज आठ वटा खेल हुँदै

इंलिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे म्यानचेस्टर सिटी र फुलहमबीच खेल हुनेछ । ३५ खेलमा ८२ अङ्कसहित दोस्रो स्थानमा रहेको सिटीलाई उपाधी होड बलियो बनाउन आज जित्नैपर्ने दबाब छ । एक खेल बढी खेलेको आर्सनलको ८३ अङ्क छ ।

आजै बेलुका पौने ८ बजे एभर्टन र शेफिल्ड युनाइटेड, वेस्टहम र लुटन टाउन, बर्नमाउथ र ब्रेनफोर्ड, उल्भ्स र क्रिष्टल प्यालेस, टोटनहम र बर्नली तथा न्युक्यासल र ब्राइटनले खेल्दैछन् । राति सवा १० बजे चेल्सी र नटिङघम फरेस्टबीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका