काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा पराजय नभोगी लिग जितेको छ ।
इतिहास रच्ने क्रममा उसले पूरै सिजन अपराजित रहेर कीर्तिमान बनाएको हो । उसले यसक्रममा लिगमा मात्रै ८९ गोल गरेको छ । युरोपका चर्चित शीर्ष ५ लिगमध्ये बायर अपराजित रहँदै लिग जित्ने दोस्रो टोली हो । यसअघि इटालियन सिरि ए क्लब युभेन्ट्सले सन् २०११/१२ को सिजनमा अपराजित रहेर लिगत जितेको थियो ।
गएराति भएको सिजनको अन्तिम खेलमा उसले भिक्टर बोनिफेस र रोबर्ट एन्ड्रिचको गोलमा अग्सबर्गलाई २–१ ले हरायो । जाभी अलन्सो प्रेरित बायरले यसअघि नै लिग जितिसकेको थियो ।
लेभरकुजनले बुन्डेस लिगातर्फका ३४ खेलमध्ये २८ मा जित निकाल्यो। केबल ६ वटामा बराबरी गर्यो । उसले लिग जित्दा समग्रमा ९० अंक बनायो । बायरले लगातार ११ वर्षदेखिको बायर्न म्युनिखको दबदबा पनि तोडेको छ । एक दशकदेखि एकपक्षीय रहँदै आएको बुन्डेस लिगालाई बायर्नको यो जितले प्रतिस्पर्धात्मक बाटोतर्फ लगेको छ ।
लेभरकुजनले लिगका ३४ खेलमा मात्रै होइन, सिजनका समग्र कुनै प्रतियोगितामा अहिलेसम्म हारेको छैन । उसले जारी सिजनमा सबै प्रतियोगिताको अपराजित यात्रालाई पनि ५१ पुर्याएको छ ।
दुई फाइनल खेल्न बाँकी ५१ खेलसम्म अपराजित बायर्नले अझै दुईवटा उपाधि जित्ने सम्भावना छ । यदि ती उपाधि जितेमा उसले एकै सिजन ट्रिबल उपाधिको कीर्तिमान पनि राख्नेछ ।
बायरले अब च्याम्पियन्स लिगपछिको प्रतिष्ठित युरोपा लिगको फाइनल भिडन्त खेल्नै बाँकी छ । उसले युरोपा लिगको सेमिफाइनलमा इटालियन क्लब रोमालाई हराएको थियो ।
अब उसले उपाधि भिडन्त पनि इटालियन क्लब एटान्टासँगै यही मे २३ मा गर्दैछ । बायरले आगामी मे २५ तारिखमा डीएफबी पोकलको फाइलन पनि खेल्ने छ । बायरले डीएफबी पोकलको उपाधिका लागि एफसी केसँग प्रतिस्पर्धा गर्नेछ । यदि यी दुई उपाधि पनि चुमेमा बायरले एकै सिजन ट्रिबलको कीर्तिमान पनि बनाउने छ ।