जोडिनुहोस
  • होमपेज
  • लिभरपुलको प्रशिक्षकमा आर्ने स्लट नियुक्त

लिभरपुलको प्रशिक्षकमा आर्ने स्लट नियुक्त

काठमाडौं– लिभरपुलको प्रशिक्षकमा नेदरल्याण्डका आर्ने स्लट नियुक्त भएका छन् । लिभरपुलले स्लटलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो ।

उनले जुन १ देखि आफ्नो पद सम्हाल्ने लिभरपुलले बताएको छ । स्लटसँग तीन बर्षको सम्झौता भएको जनाइएको छ । ४५ वर्षका स्लटले लिभरपुलमा जर्गेन क्लोपको स्थान लिने छन् । जर्गेनले लिभरपुलमा ९ वर्ष प्रशिक्षकको रुपमा बिताएर क्लब छोडेका छन् ।

यस अवधिमा उनले लिभरपुललाई एक प्रिमियर लिग र एक च्याम्पियन्स लिग जिताएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका