जोडिनुहोस
  • होमपेज
  • सुरक्षण मुद्रण भ्रष्टाचारमा दोषी ठहर उपसचिव पोखरेलद्वारा ‘आत्महत्या’

सुरक्षण मुद्रण भ्रष्टाचारमा दोषी ठहर उपसचिव पोखरेलद्वारा ‘आत्महत्या’

सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको दुई दिनपछि नेपाल सरकारका एकजना उपसचिव झुन्डिएको अवस्थामा भेटिएका छन् । विशेष अदालतले बुधबार क्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसँगै भ्रष्टाचारी ठहर गरेका उपसचिव नवीनकुमार पोखरेल भक्तपुरको लोकन्थलीस्थित घरैमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

प्रहरी बृत्त ठिमीका डीएसपी प्रेमसागर केसीले  कुरा गर्दै हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत उपसचिव पोखरेल झुन्डिएको अवस्थामा बिहीबार बिहान ९ बजे घरमै भेटिएको पुष्टि गरे । ‘वन तथा वातावरण मन्त्रालयमा उपसचिव नवीनकुमार पोखरेल लोकन्थलीको महोनराफाँटस्थित घरमै झुन्डिएको अवस्थामा भेटिनु भएको छ’, उनले भने, ‘पोस्टमार्टम भइसकेको छ । घटनास्थलको जाँच प्रकृति मुच्ल्का गर्दा उहाँले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष आएको छ ।’

सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी प्रकरणमा दोषी ठहर भएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पोखरेललाई मंगलबार विशेष अदालतले भ्रष्टाचारी ठहरसहित ६ महिना जेल सजाय सुनाएको थियो । विशेष अदालतले ६ महिना कैदसँगै उनीबाट ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र त्यस बराबरको बिगो असुलउपर गर्नुपर्ने फैसला सुनाएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका