जोडिनुहोस
  • होमपेज
  • सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।

यसअघि गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रम कांग्रेसको नाराबाजीबीच पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरे। गत जेठ १ गते नै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्‍का दुवै सदनमा वाचन गरेका थिए । तर त्यसबेला कांग्रेसको अवरोध र नाराबाजीका कारण संसद्ले राष्ट्रपतिलाई धन्यवाद दिन पाएको थिएन ।

तर निरन्तर अवरोध गरिरहेको कांग्रेसलाई पेलेरै जाने रणनीतिमा देखिएको सत्ता पक्षले मंगलबार राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गराएको हो । यसअघि सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव पास नभएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

मंगलबार कांग्रेसको अवरोधबीच प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम टेबल गरेलगत्तै सभामुख घिमिरेले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत गरेर पास पनि गराएका हुन्। सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरिरहेको छ ।

नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गर्न दिने कांग्रेसको अडानले संसद्‍बा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबल भएको थिएन । तर अब सत्ता पक्ष कांग्रेसलाई पेलेरै जाने नीति बनाएपछि नीति तथा कार्यक्रम टेबलसँगै राष्ट्रपतिलाई धन्यवाद पनि पारित भएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका