जोडिनुहोस
  • होमपेज
  • काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सञ्चालन, अमेरिकी दूतावास उत्साहित

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सञ्चालन, अमेरिकी दूतावास उत्साहित

काठमाडौं – आगामी जुन २ सम्म चल्ने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (केआईएमएफएफ) २०२४ को २१ औं संस्करणमा साझेदारी गर्न पाउँदा उत्साहित भएको अमेरिकी दूतावासले जनाएको छ ।

नेपाल स्थित अमेरिकी दूताबासले आफ्नो आधिकारीक फेसबुक पेज मार्फता एक सूचना जारी गर्दै न्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा साझेदारी गर्न पाउँदा उत्साहित भएको बताएको छ ।

यो वर्षको महोत्सव जलवायु परिवर्तनले हिमाली वातावरणमा पर्ने असर र जेन्डर लेन्सबाट हेर्दा चलचित्रमा महिला प्रतिनिधित्वमा केन्द्रित छ।

यस्तो छ विज्ञप्तीः

जुन २ सम्म चल्ने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (KIMFF) २०२४ को २१ औं संस्करणमा साझेदारी गर्न पाउँदा दूतावास उत्साहित छ। यो वर्ष KIMFF जलवायु परिवर्तनले हिमाली वातावरणमा पर्ने असर र जेन्डर लेन्सबाट हेर्दा चलचित्रमा महिला प्रतिनिधित्वमा केन्द्रित छ।
आज कार्यक्रमको क्रममा, हाम्रो प्रवक्ता, जेहरा नक्भीले “क्यामेरा पछाडि महिला: फिल्म स्क्रिनिङ र प्यानल छलफल,” महिला कथाकार र विविध दृष्टिकोणबाट सुनाइएका कथाहरूको महत्त्वलाई मान्यता दिँदै उद्घाटन मन्तव्य दिनुभयो। उहाँले भन्नुभयो, “जब महिलाहरूले आफूलाई पर्दामा देख्नुहुन्छ, यसले उहाँहरूको अनुभवलाई पुष्टि गर्छ र भावी पुस्ताहरूलाई प्रेरित गर्छ। प्रतिनिधित्वले क्यामेरा अगाडि मात्र होइन, पछाडि पनि महत्व राख्छ। महिला निर्देशक, लेखक, र निर्माताहरूबाट महिलामा आधारित कथाहरू बन्छन् र सबै पृष्ठभूमिका महिलाहरूको सम्मानपूर्वक चित्रण सुनिश्चित गर्दछ। हामीलाई यी अद्वितीय दृष्टिकोणहरू अझै बढी चाहिन्छ।”
कार्यक्रममा नेपाली महिला निर्देशकहरूद्वारा निर्मित तीन लघु चलचित्रहरू: विदुषी गिरीको “चिसो घर (ए ब्लेक होम)”, सरिता साहको “थ्रेसहोल्ड” र आकांक्षा कार्कीको “सनाइ’, त्यसपछि तीनै चलचित्र निर्माता र वृत्तचित्र फिल्म निर्माता दीना मुफ्ती सहितको प्यानल छलफल भएको थियो। प्यानलका सदस्यहरूसँगको छलफललाई चलचित्र निर्माता तथा अभियन्ता पूजा पन्तले क्यामेरा पछाडि विभिन्न भूमिकामा काम गर्ने आफ्ना अन्तर्दृष्टि, अनुभव, चुनौति र सफलताहरू आदान प्रदान गर्दै सहजीकरण गर्नुभयो।
The U.S. Embassy is thrilled to support the 21st edition of the Kathmandu International Mountain Film Festival (KIMFF) 2024, which will run until June 2. This year, it is focused on the impact of climate change on mountain environment and on women in film through gendered lenses.
Yesterday, during the event, our spokesperson, Zehra Naqvi, delivered opening remarks for the “Women Behind the Camera: Film Screening and Panel Discussion,” recognizing the importance of women storytellers and stories told from diverse perspectives. She said, “When women see themselves on screen, it validates their experiences and inspires future generations. And representation matters—not just in front of the camera, but behind it as well. Having female directors, writers, and producers results in female-driven narratives and ensures that women from all backgrounds and walks of life are portrayed authentically and respectfully, with all of our layers of complexity. We need more of these unique perspectives.”
The event featured three short films by Nepali women directors: Chiso Ghar (A Bleak Home) by Bidushi Giri, Threshold by Sarita Sah, and Sanai by Akanchha Karki, followed by a panel discussion including all three filmmakers and documentary filmmaker Dina Mufti. Filmmaker and activist Pooja Pant moderated the discussion with panelists sharing their insights, experiences, challenges, and successes working in various roles behind the camera.

प्रचलन खबर

धेरै टिप्पणी गरिएका