जोडिनुहोस
  • होमपेज
  • चितवनमा १५० किलो गाँजा बरामद

चितवनमा १५० किलो गाँजा बरामद

काठमाडौं । चितवनको राप्ती नगरपालिका–८ खुरखुरेबाट १५० किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले बीआर २२ क्यू ४३४१ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको हो । गाडी जाँच गर्न खोज्दा चालक फरार भएका थिए । गाडीको पछाडि ढालामा वेल्डिङ गरी बनाएको फल्स बटनमा लुकाइछिपाइ राखेको १८ वटा पोकामा १५० किलो गाँजा भेटिएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका