जोडिनुहोस
  • होमपेज
  • अम्बानीलाई उछिनेर एसियाकै धनी बने गौतम अदानी

अम्बानीलाई उछिनेर एसियाकै धनी बने गौतम अदानी

नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी गौतम अदानी एसियाकै धनी व्यक्ति बनेका छन् । अदानी ग्रुपका कम्पनीका शेयर मूल्य आकासिएपछि उनको नेटवर्थ बढेको हो ।

मिडिया रिपोर्टका अनुसार गौतम अदानीकोन नेटवर्थ १ खर्ब ११ अर्ब डलर छ । योसँगै उनी एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुम्बर्गको अर्बपतिको विश्वव्यापी रियलटाइम सूचीमा उनी ११ औँ स्थानमा छन् ।

१ खर्ब ९ अर्ब डलर नेटवर्थसहित मुकेश अम्बानी एशियाको दोस्रो धनाढ्य हुन् । अम्बानी विश्वव्यापी सूचीमा १२ औँ स्थानमा छन् । अमेरिकी ब्रोकरेज कम्पनी जेफरिजले अदानी समूहको लगानी योजना सार्वजनिक गरेपछि शुक्रबारै अदानीको सबै कम्पनीको शेयर मूल्य १४ प्रतिशतसम्म बढेका थिए । सो अवधिमा शेयर बजारमा सूचिकृत अदानी समूहका १० कम्पनीको बजार पुँजीकरणमा ८ खर्ब ४० अर्ब ६४ करोड भारु थपिएको थियो ।

शुक्रबार बजार बन्द हुँदा समूहका सूचिकृत कम्पनीको कूल बजार पुँजीकरण १७५ खर्ब १० अर्ब भारु पुगेको थियो । अदानी ग्रुपले आगामी एक दशकमा ९० अर्ब डलर पुँजीगत खर्च गर्ने जेफ्रिजले बताएको थियो । सोमबारको कारोबारमा गएको वर्ष भने हिंडेनबर्गको रिपोर्ट सार्वजनिक भएपछि अदानीले केही दिनमै अर्बौँ डलर गुमाएका थिए । उनी विश्वको सर्वाधिक २० धनीको सूचि बाहिर झरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका