जोडिनुहोस
  • होमपेज
  • आक्रोशित ओली भन्छन्– गिरीबन्धुका बारे बालेनलाई सोध्नू

आक्रोशित ओली भन्छन्– गिरीबन्धुका बारे बालेनलाई सोध्नू

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग सोध्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् ।

सोमबार संसद् भवन परिसरमा गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले बालेनलाई सोध्नु भन्दै संक्षिप्त प्रतिक्रिया दिए । गिरीबन्धु सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा ओली आक्रोशित हुँदै भने– बालेनलाई सोध्नू ।

त्यसबाहेक उनले कुनै टिप्पणी गर्न चाहेनन् । सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाउदै पीडितको बैना फिर्ता गर्न सुझाव दिएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका