जोडिनुहोस
  • होमपेज
  • औषधि व्यवसायीको चेतावनी : बिना कारण औषधिजन्य सामग्री जफत गरे आन्दोलनमा उत्रिन्छौँ

औषधि व्यवसायीको चेतावनी : बिना कारण औषधिजन्य सामग्री जफत गरे आन्दोलनमा उत्रिन्छौँ

काठमाडौँ । कानुनअनुसार औषधि बेच्दा पनि जफत गरिएको भन्दै औषधि व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौँमा उनीहरुले औषधि व्यवस्था विभागमा दर्ता भएका औषधिहरू बेच्दा पनि मेडिकल व्यवसायीहरूको औषधि जफत गरिएकोप्रति आपत्ति जनाएका हुन् ।

नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष विशराज बास्कोटाले औषधि व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत पाइने भन्दै औषधि विभागले कुनै जानकारी नदिई भ्याट तिरेर ल्याएको सामान जफत गर्नुले औषधि व्यवसायीहरू ताल्चा लगाएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउने बताए । उनले औषधि विभागले पनि अनुगमन गर्ने र महानगरले पनि अनुगमन गर्ने गरिरहेको भन्दै क्षेत्राधिकार कसको पर्छ भन्दै प्रश्न गरे । उनले औषधि अनुगमनको क्षेत्र महानगरको पर्छ कि पर्दैन भन्ने प्रश्न गरे ।

यता, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐनले कुनैपनि पेसा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेकाले सोहीअनुसारको व्यवसाय गर्न आग्रह गरे । उनले विभागका कर्मचारीहरूले अनुगमनका क्रममा फार्मेसीहरूमा बेच्न पाइने बाहेकका औषधिहरू राखेको भएमात्रै जफत गरेको बताए । उनले फार्मेसीमा व्यवसायी नहुने बित्तिकै तालाचाबी लगाइदिने कुरा हुनु नहुने र त्यसमा विभागले ध्यान दिने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका