जोडिनुहोस
  • होमपेज
  • भिभीआइपीहरूलाई नागढुंगादेखि गल्छीसम्म यात्रा गर्न राप्रपा सांसद लामाको आग्रह

भिभीआइपीहरूलाई नागढुंगादेखि गल्छीसम्म यात्रा गर्न राप्रपा सांसद लामाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना लामाले नागढुंगादेखि गल्छीसम्मको सडकमा यात्रा गर्न भिभीआइपी र भिआइपीहरूलाई आग्रह गरेकी छन्।

बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै राप्रपा सचेतकसमेत रहेकी लामाले नागढुंगादेखि गल्छी सडकमा जनताले दु:ख पाइएको बताइन्।

‘सम्माननीय र माननीयज्यूहरूलाई मेरो अनुरोध छ, नागढुंगादेखि बिना सुरक्षा र तामझाँमबिनै आफै गाडी चलाएर सीसा खोलेर यात्रा गरिदिनुस्,’ उनले भनिन्, ‘त्यहाँ जनताको समस्या देखिनेछ।’

नागढुंगा-गल्छी सडक स्तरउन्नतीका काम भइरहेकोले पानी परेका बेला हिलो र घाम चर्केका बेला धुलो हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्। सांसद लामाले नागढुंगा-गल्छी सडकको विकल्पमा रहेको धार्के-भीमढुंगा-काठमाडौं सडक कालोपत्र गर्न पनि आग्रह गरेकी छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help