जोडिनुहोस
  • होमपेज
  • श्रीलंकाका राष्ट्रपति पुगे दिल्ली

अन्तर्राष्ट्रिय

श्रीलंकाका राष्ट्रपति पुगे दिल्ली

  • Sagarmatha TV
  • आइतवार, जेष्ठ २७, २०८१
श्रीलंकाका राष्ट्रपति पुगे दिल्ली

काठमाडौं । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे भारतको राजधानी दिल्ली पुगेका छन् । तेस्रो कार्यकालको लागि आइतबार साँझ हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उनी दिल्ली पुगेका हुन् ।

शपथग्रहण समारोहमा सहभागी हुन विभिन्न देशका पाहुना दिल्ली पुगिरहेका छन् । आइतबार नै भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे भारतको दिल्ली पुगेका छन् । आइतबार बिहान माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू पनि दिल्ली पुगेका थिए ।

मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार बिहान नै दिल्ली पुगेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शनिबार नै शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेकी थिइन् ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार दिउँसो १ बजे मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्लीतर्फ जाँदै छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका