![सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?](https://sagarmatha.tv/wp-content/uploads/2024/06/gold_icuowlqpob_86tonttqzp_wQqScrlqqo.jpg)
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको थियो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य चाहिँ तोलामा रु ५ बढेको छ । मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ८२० रुपैयाँमा कारोबार भएको हो ।