जोडिनुहोस
  • होमपेज
  • युरोकपको १७औँ संस्करण भोलिदेखि

युरोकपको १७औँ संस्करण भोलिदेखि

काठमाडौं– युरोकपको १७औँ संस्करण भोलिदेखि सुरु हुँदैछ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दैछ ।

युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका विभिन्न १० स्टेडियममा खेलाइने छ । युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो ।

युरोकप उपाधि इतिहास यस्तो छ–

अहिलेसम्म १६ पटक सम्पन्न यो प्रतियोगिताको सबै भन्दा धेरै उपाधि जर्मनी र स्पेनले जितेका छन् । जर्मनी र स्पेनले ३–३ पटक युरोकप जितेका छन् । जर्मनीले १९७२, १९८० र १९९६ मा र स्पेनले १९६४, २००८ र १०१२ मा युरोकप जितेका थिए । त्यस्तै इटाली र फ्रान्सले २–२ पटक युरोकपको उपाधि जितेका छन् । इटालीले १९६८ र २०२० मा युरोकप जितेको थियो भने फ्रान्सले १९८४ र २००० मा युरोकप जितेको थियो

त्यस्तै १९७६ को युरो कपको उपाधि चेकोस्लोभाकियाले जितेको थियो पछि विभाजन भएर चेक रिपब्लिक र स्लोभाकिया बनेपछि अहिले दुवै देशलाई १९७६ को युरोको विजेता मानिन्छ । यसैगरी, रसियाले १९६०, पोर्चुगलले २०१६, नेदरल्याण्डसले १९८८, डेनमार्कले १९९२ र ग्रिसले २००४ को युरोकपको उपाधि जितेका थिए ।

इंग्ल्याण्ड सन् २०२० मा उपविजेता बने पनि अहिलेसम्म युरोकप जित्न सकेको छैन भने बेल्जियम १९८० मा उपविजेता बनेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका