![१६ असारदेखि वित्तीय संस्थाविरुद्ध देशव्यापी आन्दोलन गर्ने संघर्ष समितिको घोषणा](https://sagarmatha.tv/wp-content/uploads/2024/06/andolan-1718263621-1024x576.jpg)
लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले १६ असारदेखि वित्तीय संस्थाहरूविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले १६ असारदेखि वित्तीय संस्थाहरूविरुद्ध गर्ने देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । समिति अध्यक्ष मनिराम ज्ञावलीले लघुवित्त पीडितका माग १५ असारसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरूको ज्यादती, कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गरे ।
उनले यी माग सम्बोधन नभए १६ असारदेखि वित्तीय संस्थाहरूविरुद्ध देशव्यापी मसाल जुलुससहित विद्रोहमा जाने चेतावनी दिए । उनले वित्तीय माफियाहरूको विरुद्ध बलिदान दिनसमेत तयार रहेको भन्दै विद्रोहमा जाने निर्णय भएको बताए । समितिले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रूपमा नलिन सरकारलाई आग्रह गरेको छ ।