जोडिनुहोस
  • होमपेज
  • इटालीमा पानीजहाज दुर्घटना : ११ जनाको मृत्यु, ६० बेपत्ता

इटालीमा पानीजहाज दुर्घटना : ११ जनाको मृत्यु, ६० बेपत्ता

रोम । दक्षिणी इटालीको तट नजिकै दुई पानीजहाज दुर्घटनामा परेका छन् । जसमा डुबेर ११ जनाको मृत्यु भएको छ भने ६० जना बेपत्ता भएका छन् ।

जर्मनीको च्यारिटी संस्था रेस्क्युसिपका अनुसार सोमबार लैम्पड्युुसा आइल्यान्डमा उनीहरूले ५१ जनालाई डुब्नबाट बचाएका थिए । साथै, एक काठको डुंगा निकाल्दा त्यहाँ १० वटा शव भेटिएको थियो ।

मेडिकलको काम गर्ने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था डाक्टर्स विदाउट बोर्डरका अनुसार अर्को एक घटनामा ६० भन्दा बडी मानिस बेपत्ता भएका छन् । जसमा २६ बालबालिका समेत भएको जनाइएको छ ।

ती जहाज लिबिया र टर्कीका प्रवासी लिएर हिँडेको थियो । लिबियाको तटमा दुर्घटनामा परेको जहाजमा सिरिया, इजिप्ट, पाकिस्तान र बंगलादेशका मानिस सवार रहेका थिए । बीबीसी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका